प्रतिनिधि सभाको बैठक जारी छ।
आजको बैठकबाट आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट पारित गरिँदै छ।
बजेट पारितका लागि प्रस्ताव पेस गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यलय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
प्रधानमन्त्रीको जवाफपछि सभामुखले खर्च कटौतीबारे विभिन्न सांसदहरूले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यसपछि बजेट पारित गर्ने कार्यसूची छ।