प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको कार्यालय र सचिवालयबाट सन्तुष्ट नरहेको बताएका छन्।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले आफू सन्तुष्ट हुनका निम्ति केही नयाँ गर्न चाहेको समेत बताए।
’प्रधानमन्त्रीको कार्यालय कतिको व्यवस्थित छ। के तपाइँ त्यसमा सन्तुष्ट हुनुहुन्छ?’, पन्तले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘भारतक भ्रमणको क्रममा इपिजी प्रतिवेदनलाई किन प्राथमिकता दिनुभएन? इपिजी प्रतिवेदन कहिले बुझ्नुहुन्छ?’
जवाफमा प्रधानमन्त्री प्रचण्डले रघुजी पन्तजस्ता सदस्यहरूले राम्रा सुझाव दिए आफू पालना गर्न तयार रहेको बताए।
उनले इपिजीबारे आफ्नो ढंगले छलफल चलाएको पनि बताए। ‘केही समयभित्रै त्यो बुझ्ने काम हुन्छ भन्ने विश्वास बोकेर आएको छु,’उनले भने, ‘अघिअघि पनि सरकार थिए, उहाँहरूले सबै भइदिएको भए मैले गर्नै पर्दैनथियो नि।’