राष्ट्रपति रामचन्द्र पौडेल उपचार गरेर निवास फर्किएका छन्।
राष्ट्रपति पौडेल बुधबार शितल निवास फर्किएका हुन्।
गत असार २ गते राष्ट्रपति पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल उपचार गराएर निवास फर्किएको उल्लेख गरेकी छन्।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।
असार ५ गते राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखिएको थियो। छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको हो।
पौडेलको मुटुको धड्कन अस्थिर भएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।
पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धड्कनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।