परराष्ट्र मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै कारण ५ पटक मुलुकको प्रधानमन्त्री बनिसकेको बताएका छन्।
कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतबार गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले भने, ‘उहाँ (देउवा) भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। चिठ्ठा परेर कोही ५ पटकसम्म प्रधानमन्त्री हुन्छ त? शेरबहादुर देउवा योग्यताकै कारण प्रधानमन्त्री बन्नुभएको हो।’
उनले कांग्रेसको नेतृत्वले सबै पार्टीलाई सँगसँगै लैजान सक्ने दाबीसमेत गरेका थिए। ‘कांग्रेस सबैभन्दा भरपर्दो पार्टी हो,’ उनले दाबी गरे, ‘देशभित्रका र अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न हामी सक्छौं।’