बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संगठन विस्तार अभियान चलाउने भएको छ।
पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार असारदेखि पुससम्म संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्न लागिएको हो।
यसका लागि भट्टराईको नेतृत्वमा केन्द्रीय अभियान परिचालन मुल समिति र सचिवालयसमेत गठन भइसकेको छ।
समितिमा अध्यक्ष महेन्द्र राय यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङ्तान, विश्वदीप पाण्डे र हरि रिजाल सदस्य छन्।
समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको निर्णय र योजना तय गर्नेछ।