नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचारमा जोडिनेबित्तिकै स्वत: निलम्बन हुने व्यवस्था पार्टीको विधानमै राखिनुपर्ने बताएका छन्।
कुनै नेतालाई बचाउन पार्टी नै सकिन नमिल्ने उनको भनाइ छ।
‘कुनै नेतालाई बचाउन पार्टी नै सिध्धिन मिल्दैन,’ सुनसरीमा आयोजित कार्यक्रममा उनले भने, ‘भ्रष्टाचारजन्य विषयमा निर्मम भएर जानुपर्छ।’
केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहँदा पनि कांग्रेसले उनलाई निलम्बन गरेको छैन।
‘अब यस्ता केसहरूमा हाम्रा कोही व्यक्ति जोडियो भने स्वत: निलम्बन हुने व्यवस्था विधानमै राख्नुपर्छ,’ उनले भने।
उनले कांग्रेसलाई थप लोकतान्त्रिक र व्यवस्थित गरेर लैजानुपर्ने पनि बताए।