संसदीय समितिले बागमती किनारमा रहेको अव्यवस्थित बसोबासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।
बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले बागमती किनारमा रहेको अव्यवस्थित बसोबासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको बताए।
उनले समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहयोगमा बागमती किनारको स्थलगत अवलोकन गर्नु पर्ने बताए।
त्यस्तै, समितिले काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाबाट घर जग्गा पास गर्दा लिने थप ०.५ प्रतिशत शुल्क बागमती र यसका सहायक तथा उपसहायक नदीहरूको पानी प्रशोधन, सौन्दर्यीकरण तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गरी बागमती सभ्यता बचाउन तथा काठमाडौंलाई बस्न लायक सहर बनाउन उपरोक्त शुल्क सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कोषमा जम्मा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
उनले भने, ‘बागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने, समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहयोगमा बागमती ब्युटिफिकेसनको स्थलगत अवलोकन गर्ने।
काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाहरूबाट घर जग्गा पास गर्दा लिने थप ०.५ प्रतिशत शुल्क बागमती र यसका सहायक तथा उपसहायक नदीहरूको पानी प्रशोधन, सौन्दर्यीकरण तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गरी बागमती सभ्यता बचाउन तथा काठमाडौंलाई बस्न लायक सहर बनाउन उपरोक्त शुल्क सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कोषमा जम्मा गर्न नेपाल सरकारलाई निर्देशन दिने।
ऊर्जा मन्त्रालयसँग नेपालका सम्माननीय प्रधानमन्त्री भारत भ्रमण गर्दा भएका १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने बारेमा के भएको हो? त्यसका बारेमा सहमति, सम्झौता के भएको हो? सोसम्बन्धी कागजात माग गर्ने र नेपाल–बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा के भएको छ? पछिल्लो अवस्था सो पनि माग गर्ने।’
समितिले प्रधानमन्त्री भारत भ्रमण गर्दा भएका १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने बारेमा के भएको हो? त्यसका बारेमा सहमति, सम्झौता र सोसम्बन्धी कागजात माग गर्ने र नेपाल–बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा के भएको छ? पछिल्लो अवस्था सो पनि माग गर्ने निर्णय गरेको छ।