राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक खरिद् कानुनको सुधारबारे छलफल गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी, सांसद्हरूले बिहीबार बिहान सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीसँग छलफल गरेका हुन्।
‘सार्वजनिक खरिद कानुनका कारण पुँजीगत खर्च कम हुने गरेको, सार्वजनिक सेवा प्रवाहमा समस्या देखिएको टिप्पणी हुने गरेको छ,’ छलफलबारे बताउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘राजस्व असुलीमा कमि आएको र सार्वजनिक खरिद प्रक्रियामा आम नागरिकले विश्वास गर्ने अवस्था कमजोर रहेको चर्चा भइरहेका बेला यसको सुधारको निम्ति छलफल गरेका हौं।’
अनुगमन कार्यालय ताहाचलमा भएको छलफल प्रभावकारी रहेको र पार्टीले नीतिगत सुधारमा जोड दिएको बुर्लाकोटीले जानकारी दिए।