राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्यसचिवमा केदारबहादुर अधिकारी नियुक्त भएका छन्।
अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपा केन्द्रीय सदस्यसमेत रहेका अधिकारी चितवनका हुन्। अधिकारी नेपाल सरकारको पूर्वसचिव पनि हुन्।