राष्ट्रिय प्रजातन्त्र पार्टीले 'नवीन राप्रपा' का लागि सुदूरपश्चिम र कर्णाली प्रदेश सहसंयोजक तोकेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार सुदूरपश्चिम सहसंयोजकमा प्रवक्ता ज्ञानेन्द्र शाही र कर्णाली सहसंयोजकमा सहमहामन्त्री धनबहादुर बुढालाई तोकिएको छ।
यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले सातै प्रदेश संयोजक पनि तोकेका थिए। प्रदेश संयोजक मातहतमा रही कार्यसम्पादन गर्न सहसंयोजक तोकिएको हो।