राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा दु:ख व्यक्त गरेका छन्।
सीताको उपचारका क्रममा आज बिहान निधन भएको थियो।
राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले 'दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गरेको' राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।