प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिहरूको बैठक बस्दैछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविध समितिको बैठक आज बस्दैछ।
कृषि समितिको बैठक बिहान साढे ११ बजेका लागि तय गरिएको छ भने दिउँसो १ बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ।
भूमी व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयमा मन्त्री र तथा मन्त्रालयका सचिवहरूसँग छलफल गरिने कार्यसूची छ।
पूर्वाधार विकास समितको बैठक मेलम्ची खानेपानी आयोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची छ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्था, समस्या एवम् चुनौतिका सम्बन्धमा मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची छ।
बैठक सम्बन्धित समितिको सभाहल सिंहदरबारमा बस्नेछ।