ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उनलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
सचिव राउतलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उषा कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट हालेकी थिइन्।
सर्वोच्चले निवेदकको पक्षमा आदेश जारी गर्न नपर्ने कुनै आधार कारण भएमा सबुत प्रमाणसहित पेश गर्न भनिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत असार २४ गते राउतलाई पक्राउ गरेको थियो।