सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ।
कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बैठक जारी रहेको एक सचिवालय सदस्यले जानकारी दिए।
बैठक बिहान ११ बजेदेखि सुरू भएको हो।
सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
‘पार्टीको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको छ। त्यस्तै केही साथीहरूले पार्टी छाडेर जानु भएको छ। उहाँहरूको जिम्मेवारीमा रहेका ठाउँहरूको पनि पूर्ति गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसका अतिरिक्त अहिलेको राजनीतिक परिस्थितिबारे पनि छलफल हुन्छ।
अहिले बागमती र लुम्बिनीको इन्चार्ज पनि खाली छ। आज बस्ने बैठकले त्यसको पूर्ति गर्ने उनको भनाइ थियो।
मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जंगलीले पार्टी छाडेपछि उनीहरूले जिम्मेवारी लिएको स्थान रिक्त छ।