नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
देउवालाई भेट्न सहायक विदेशमन्त्री लु निवास धुम्बाराही पुगेका थिए।
सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको उल्लेख गरेका छन्।
नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ।
देउवाले ट्वीट गर्दै भेटवार्ताबारे जानकारी दिएका हुन्।
नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रबर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गरेका छन्।
अमेरिकी सहायक विदेश मन्त्री लु शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन्। उनले राजनीतिक भेटघाट गरिरहेका छन्।