सत्ता साझेदार एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८:३० बजेबाट बैठक सुरू हुने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
आइतबारसम्म चल्ने सचिवालय बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डामा आधारित भएर छलफल भइरहेको बताइएको छ।
शुक्रबार उपाध्यक्ष राजेन्द्र पाण्डेसहित सात नेताले धारणा राखेका थिए।
त्यस्तै बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा राखेका थिए।