नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा छलफल गर्नका लागि एजेन्डा माग गरेका छन्।
आफूलाई लागेका एजेन्डा thapagk@gmail.com मा इमेल गर्न सकिने थापाले बताए।
यही साउन २ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।
नीति अधिवेशन, यसअघि कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन, राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान, सरकारका कामकारबाही लगायतबारे केन्द्रीय समितिमा छलफल हुनेछ।
महामन्त्रीहरू र सभापति शेरबहादुर देउवा बसेर केन्द्रीय समितिको एजेन्डा तय हुन्छ।
यसबाहेक केही विषयमा छलफल गर्न आवश्यक छ भन्ने लागेमा महामन्त्री थापालाई इमेल गरेर एजेन्डा पठाउन सकिनेछ। थापाले पार्टीलाई केही सुझाव छन् भने पनि पठाउन आग्रह गरेका छन्।