नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ।
पार्टीका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा अपराह्न तीन बजे बैठक बस्ने तय भएको छ।
मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।
केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने कांग्रेसको परम्परा छ।
कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ।