सत्ता साझेदार एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ।
बैठक दिउँसो १२ः३० बजे कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
शुक्रबारदेखि सुरू भएको बैठक भोलिसम्म जारी रहने उनले जानकारी दिए।
सामेबार पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, गंगालाल तुलाधर, विजय पौडेलले आफ्ना धारणा राखेका थिए।
एकीकृत समाजवादीको राजनीतिक यात्रा के हुने? कसरी अगाडि बढ्ने भन्ने नै बैठकको मूल विषय रहेको र सदस्यहरूले उठाएको विषयलाई आज झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
त्यसपछि अरू कार्यसूचीमा बैठक अघि बढ्ने पनि उनले बताए।
‘बैठकमा घनिभूत छलफल भइरहेको छ।विशेषतः पार्टी निर्माणको रणनीतिक यात्रा, देशको राजनीतिमा हाम्रो भूमिकालाई प्रभावकारी बनाउने? समाजवादको अनुहार कस्तो बनाउने भन्ने विषयमा आधारित भएर छलफल गरिराखेका छौं,’ उनले भने, ‘बैठक बुधबारसम्म जारी रहन्छ।’
एकीकृत समाजवादीको सचिवालय १५ सदस्यीय रहेको छ।