नेपाली कांग्रेसले विपी साहित्य महोत्सव गर्ने भएको छ।
भदौ २४ गते विपी स्मृति दिवसको अवसर पारेर दुई दिने साहित्य महोत्सव गर्न लागेको महामन्त्री गगन थापाले जानकारी दिए।
‘यसअघि हाम्रा धेरै साथीहरू अरूले गरेका साहित्य महोत्सवमा अतिथि बनेर जाने गरेका थियौं। अब हामीले अरूलाई बोलाउँछौं,’ महामन्त्री थापाले भने।
महोत्सव कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गर्ने उनले जानकारी दिए।