कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप विधेयकमाथि छलफल गर्न बनाइएको उपसमितिको समय थपिएको छ।
समितिको आज बसेको बैठकले उपसमितिको समय १५ दिन थपेको हो।
जेठ ५ गते २१ दिनको लागि उपसमिति गठन भएको थियो।
उपसमितिलाई द्वन्द्वका पीडित पक्ष, आयोगका पूर्व पदाधिकारी, मानव अधिकार आयोग लगायतसँग छलफल गरी प्रतिवेदन तयार पार्न भनिएको थियो।
उपसमितिले प्रतिवेदन तयार पार्नेछ।
उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रन्जु झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य छन्।
उपसमितिले सम्बन्धित पक्षसँग छलफल गरेको र अझै अध्ययन गर्न बाँकी रहेकाले १५ दिन समय जरूरी रहेको उपसमितिका संयोजक जेष्ठ सदस्य ध्रुवबहादुर प्रधानले बताए।