नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सहरी विकास मन्त्री सीता गुरूङले चाहेजस्तो विकास गर्न नसकिएको बताएकी छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले देशको आर्थिक अवस्थाका कारणले चाहेजस्तो विकासका काम गर्न नसकिएको बताइन्।
‘देशको आर्थिक अवस्थाको कारणले पनि समस्या परेको छ। राम्रो गर्छु भन्ने अवश्य छ। तर देशको आर्थिक अवस्थाका कारण चाहेका सबै काम गर्न सकिने अवस्था छैन,’ उनले भनिन्।
उनले प्रदेशलाई कमजोर बनाएर संघीय शासन व्यवस्था बलियो हुन नसक्ने बताइन्।
‘प्रदेशलाई कमजोर बनाएर संघीयतालाई मजबुद बनाउन सकिँदैन। त्यसकारण पार्टीले गर्ने गतिविधिमा पनि प्रदेशलाई भूमिका दिने, अधिकार दिने कुरामा ध्यान दिनु उपयुक्त होला,’ उनले भनिन्।