नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको संगठनको तार्गेट क्षेत्र युवा तथा विद्यार्थी हुनुपर्ने बताएका छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए।
‘अब हाम्रो संगठनको तार्गेट क्षेत्र युवा तथा विद्यार्थी नै हुनुपर्छ,’ उनले भने, ‘युवालक्षित गरेर संगठन विस्तार गरौं।’
उनले समानुपातिक र राष्ट्रिय सभामा कसैलाई पनि दोहोर्याएर अवसर दिन नहुने उनले बताए।
राजनीतिक नियुक्ति पनि दोहोर्याएर दिन नहुने उनले बताए। ‘पालिका प्रमुख र उपप्रमुख पनि दोहोर्याएर दिन हुँदैन,’ उनले भने।