राप्रपाले २० जना केन्द्रीय सदस्य माग गर्दै आवेदन खुला गरेको छ।
केन्द्रीय सदस्यमा ४० वर्षमुनिका पुरूष र महिलाले आवेदन दिन सक्छन्। पार्टीका अनुसार आवदेन खुलाएको एक महिनाभित्र आवेदन दिन सकिनेछ। पार्टीले असार ५ गते यो सूचना जारी गरेको हो।
युवाहरूलाई पार्टीमा आकर्षित गर्न राप्रपाले पहिलोपटक यस्तो कार्यक्रम ल्याएको हो।
४० वर्षमुनिकालाई नेतृत्व तहमा पुर्याउन पार्टीले यस्तो कार्यक्रम ल्याएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
आवेदन परेका मध्येबाट दस जना पुरूष र दस जना महिलालाई केन्द्रीय सदस्य मनोनीत गरिने उनको भनाइ छ।
निर्वाचनमा राप्रपाबाट प्रत्यक्ष चुनाव लड्ने प्रतिबद्धतासहित आवेदन दिनुपर्ने पनि पार्टीले जनाएको छ।
