नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।
साउन २ गतेदेखि जारी बैठक शनिबार भने बसेन। शुक्रबारको बैठक सक्नुअघि सभापति शेर बहादुर देउवाले आइतबारसम्मका लागि बैठक स्थगित हुने बताएका थिए।
पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।
केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र धारणा राखिसक्नुपर्छ। केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्नेछ।