नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरण आवश्यक रहेको बताएका छन्।
तर रूपान्तरण नेतृत्वमा रहेकाहरूको अनुहार बदल्न मात्र सीमित हुन नहुने उनले बताए।
आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले भने, ‘आजकल देश र पार्टीभित्र पनि रूपान्तरण बहस चलेको छ। तर अनुहार, पदमात्र फेर्नु रूपान्तरण होइन।’
उनले देश र जनताका लागि काम गर्नुपर्ने बताए।
साथै चुनावको तयारी अहिलेदेखि गर्नुपर्ने निधिको भनाइ छ।
‘अहिले गठबन्धन ठिकै छ। तर ५ वर्षपछि चुनावमा कसरी कांग्रेसले बहुमत ल्याउँछ?,’ उनले भने, ‘त्यसका लागि संगठन बनाउन सबै लागौं।’
उनले प्रदेशलाई अधिकार दिइनुपर्ने बताए। बरू यसका लागि संविधान संशोधन र कानून परिमार्जन गर्नुपर्ने भए पनि गर्नुपर्ने उनले बताए।