नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले समाजवादी मोर्चाबारे प्रश्न उठाएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न राखेका हुन्।
‘समाजवादी मोर्चा किन बनेको हो?,’ उनले प्रश्न गरे, ‘गठबन्धन भित्रबाटै बनेको यसको औचित्य के हो?’
गठबन्धनभित्र रहेको नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र गठबन्धन बाहिरको नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको थियो।
यो मोर्चाको औचित्य खोज्नुपर्ने कोइराला बताउँछन्।
साथै उनले कांग्रेसमा एकताबद्ध हुनका लागि आह्वानसमेत गरेका छन्।
‘विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्छ,’ उनले भने, ‘कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सवैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरी मुलधारमा ल्याउन सकिन्छ।’
उनले यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएकाहरूलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरिनुपर्ने पनि बताए।
यो पनि: शेखरको प्रश्न- केन्द्रीय समिति लाइभ गर्ने तर अरू पार्टीबारे बोल्न नपाइने, के हो? (पूर्णपाठ)