नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ।
आइतबार जनकपुरधाममा दुई पार्टीबीच एकता भएको हो।
नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन्।
एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने सहमति पनि भएको छ।
दुवै पार्टीबीच आन्तरिक सहमतिअनुसार केन्द्रदेखि तल्ला तहसम्म पार्टी नेताहरूको समायोजन गरिने सहमति पनि भएको छ।
यस्तो छ विज्ञप्ति:
