काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंह अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई आइतबार अस्पताल लगिएको थियो।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा सिंहको उपचार भइरहेको छ।
सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए।
उनलाई पहिले पिसाबसम्बन्धी संक्रमण पनि भएको थियो।
‘उहाँको शरिरमा हेमोग्लोबिनको मात्रा कम रहेको स्वास्थ्य परीक्षण रिपोर्टले देखायो,’ पिएलका भाइ ईन्द्रलाल सिंहले सेतोपाटीसँग भने, ‘रक्तस्राव पनि भएको देखियो, त्यसपछि पेटको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि रक्तस्राव रोकिएको छ।’
पिएललाई आइसियुमा राखेर उपचार गरिएको थियो। सिंह ८४ वर्षका भए।
पिएल २०४९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए।