मधेस प्रदेशको मन्त्रिपरिषद विस्तार गरिएको छ।
मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसबाट मोहम्मद समिमलाई गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्रिपरिषद विस्तार गरे पनि सामाजिक विकास मन्त्रीको जिम्मेवारी खोसिएकी सुरिता साह अझै पनि बिनाविभागीय मन्त्री छन्। अहिले पनि उनलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन।
शपथ ग्रहणपछि मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्रालय थपघट गरिने बताए।
*सम्पादन गरिएको