संसदीय सुनुवाइ समितिले विभिन्न ६ देशका प्रस्तावित राजदूतहरूलाई नियुक्तिका लागि अनुमोदन गरेको छ।
बिहीबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो।
विभिन्न देशको राजदूतका लागि लोकबहादुर थापा, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, घनश्याम लम्साल, तेजबहादुर क्षेत्री, धनबहादुर वली नाम प्रस्ताव छ।
राजदूत नियुक्ति समावेशी नभएकोमा सुनुवाइ समितिले यसअघि परराष्ट्र मन्त्री एनपी साउदलाई समितिमा बोलाएको थियो। मन्त्री साउदले राजदूत नियुक्ति गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाएका थिए।
