संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ।
परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने अपेक्षा गरिएको छ। अहिले सर्वोच्चका न्यायाधीशहरूको वरीयतामा विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।
पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ।
यसअघि साउन १६ गते बसेको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न सकेको थिएन।