सहसचिव वीरेन्द्रदेव भारती ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा आएका छन्।
बिहीबार महानगरले पुल्चोकमा एक कार्यक्रम गर्दै सहसचिव भारतीलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वागत गरेको हो।
यसअघि उनी पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृत थिए।
भारतीले ललितपुरको गोदावरी नगरपालिका, बुटवल उपमहानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिसकेका छन्।
महानगरले ललितपुर महानगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका गणेश अर्याललाई बिदाइ गरेको छ। २ वर्ष तीन महिना काम गरेका उनको गृह मन्त्रालयमा सरूवा भएको छ।