नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ।
प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुनेछ। बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको पहिलो दिन बुधरबार प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
पहिलो दिन नाम टिपाएका ७४ जनामध्ये २० जनाले धारणा राखेका थिए। बाँकी रहेकाले हिजो धारणा राखेका थिए।
यसपालि सकेसम्म सबै सदस्यहरूलाई बोल्न दिने माओवादीको तयारी छ।
केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय निर्धारण गरिएको छ।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्। बैठक साउन २१ सम्म चल्नेछ।