राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटारमा पुगेका छन्।
शनिबार उनी काठमाडौंको बोहोराटारमा रहेको आफ्नो निजी निवासमा पुगेका हुन्।
राष्ट्रपति निर्वाचित भएर शीतल निवासमा सरेका उनी पहिलो पटक बोहोराटारमा पुगेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल फागुन २५ गते निर्वाचित भएका थिए। निर्वाचित भएयता उनी निजी निवास गएका थिएनन्।
तस्बिरहरू:





