नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्।
अर्का उपमहासचिव वर्षमान पुनलाई उपत्यका विशेष प्रदेशको जिम्मेवारी दिएको छ।
यस्तै सचिव देवेन्द्र पौडेल *गण्डकी प्रदेशका इन्चार्ज भएका छन्।
सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा हितमान शाक्य, कोशीमा चक्रपाणी खनाल, मधेसमा लिलामणी पोखरेल र कर्णाली प्रदेशमा मातृका यादवलाई जिम्मेवारी दिइएको अध्यक्ष दाहालले बैठकमा जानकारी गराएका हुन्।
जनसंगठन विभाग प्रमुखमा पम्फा भुसाल, प्रचार विभागमा अग्निप्रसाद सापकोटा, बुद्धिजीविमा दिनानाथ शर्मा, विज्ञान तथा प्रविधि विभागमा गणेश साह र प्रवासमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ।
यसैगरी समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मा उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको अध्यक्ष दाहालले बताए।
यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।
* यसअघि अन्यथा भएकोले सच्याइएको छ।