पहाड तथा तराईमा बाँदरले खाद्यान्न तथा नगदेबाली सखाप पारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छलफल सुरू गरेको।
सोमबार विषयविज्ञ, अर्घाखाँचीका जनता, सरकारी निकायका प्रतिनिधि र अन्तर्राष्ट्रिय निकायका विज्ञसमेत राखेर छलफल गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत ठाउँमा बाँदरले आक्रान्त तुल्याएको पीडादायी तस्बिर सामाजिक सञ्जालमा आएको थियो।
भित्र्याउने बेलाको अन्नबाली बाँदरले सखाप पारेपछि नियन्त्रणको के उपाय हुन सक्छ भनेर बहस चलाउन खोजिएको अर्यालको भनाइ छ।
पुल्चोक स्थित एक पार्टी प्यालेसमा छलफल चलिरहेको उनले बताए। छलफल मध्याह्न १२ बजेसम्म रहने छ।