सत्तारूढ नेकपा (माओवाद केन्द्र) संसदीय दलको बैठक जारी छ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको सांसद माधव सापकोटाले जानकारी दिए।
संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार सकिएको केन्द्रीय कमिटीको निर्णयहरूको जानकारी गराएका छन्।
त्यस्तै, बैठकमा संसदीय समितिका सभापतिबारे पनि छलफल भइरहेको सापकोटाको भनाइ छ।
‘बैठकमा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको रिपोर्टिङ गर्नुभएको छ। प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको निर्णयको जानकारी र विविधि प्रस्तावमाथि छलफल भइरहेको छ,’ उनले भने।
सोमबार मध्याह्न संसद्को गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतालाई बोलाएका छन्।
सभामुख घिमिरेको कार्यकक्षमा बस्ने बैठकमा संसदीय समितिको सभापति चयनबारे पनि छलफल हुने छ।
त्यसपूर्व माओवादी केन्द्रले पनि दलमा छलफल गर्न लागेको हो।