राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ।
मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेकी हुन्।
राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
युरोपियन युनियनले नेपालको विकास साझेदारका रूपमा पुर्याएको योगदान तथा वातावरणमैत्री, समावेशी र समातामूलक विकासका लागि गरेको सहयोगका लागि राजदूत डेप्रेजलाई राष्ट्रपति पौडेलले धन्यवादसमेत दिएका छन्।