अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षरोपण गरेको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक बनमा शुक्रबार वृक्षरोपण गरिएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रूद्राश्रको विरूवा रोपण गरेर कार्यक्रम सुरूवात गरेका थिए।
युवा संगठनले वृक्षरोपण अभियान सुरू गरेको र यसलाई देशव्यापी बनाइने संगठनका संयोजक सुजित केसीले बताए।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार विभिन्न प्रजातिका ५ सयभन्दा बढी विरूवा रोपण गरिएको छ।
युवा संगठनले शनिबार रक्तदान कार्यक्रम गर्ने तयारीसमेत गरेको छ।