नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ।
शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ।
संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ।
संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्।
सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई पालैपालो बोल्न समय दिएका छन्।
शुक्रबारदेखि आइतबारसम्म ५० जना सांसदले आफ्नो धारणा राखेका छन्। आज बाँकी सांसदहरूले धारणा राखेर बैठक सकाउने तयारी छ।