नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ।
पार्टी मुख्यालय च्यासलमा सोमबार मध्याह्न १२ः३० देखि सचिवालयको बैठक बसिरहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
नेकपा (एमाले)ले त्रिभुवन विमानस्थल अगाडिबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै आइरहेको छ। यही माग राख्दै उसले साउन १० गतेबाट संसद् बैठक चल्न दिएको छैन।
सचिवालय बैठकमा यिनै विषय छलफल हुने एमाले नेताहरूले बताएका छन्।