नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौंमा विवाद भएको छ।
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं नेविसंघ अध्यक्षमा अंशुल केसी नियुक्त गरेपछि विवाद भएको हो।
नेविसंघ काठमाडौं अध्यक्ष रहेका मनिष डंगोलले आफू अध्यक्षमा बहाल रहिरहेका बेला अर्को अध्यक्ष तोक्ने काम भएकोले त्यो अस्वीकार गरिने बताएका हुन्।
डंगोललाई २०७९ फागुन २६ गते अध्यक्षमा नियुक्त गरिएको थियो।
‘पछिल्लो समयमा विद्यार्थी आन्दोलनको अग्रणी संस्था नेविसंघभित्र मौलाएको एकाधिकारवादले संगठनको मूल मर्म, गरिमा र भावनालाई कुठाराघात गरेको छ,’ उनले भनेका छन्।
डंगोललाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो।
‘म नेविसंघ काठमाडौंको अध्यक्षमा बहाल रहँदा रहँदै सल्लाह बेगर केन्द्रीय सदस्यमा मनोनित गरेको भ्रमपूर्ण यथार्थलाई म अस्वीकार गर्दछु र केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहेको तर नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष पदमा बाहाल रहेको सबैलाई जानकारी गराउँदछु,’ उनले भनेका छन्।
यो पनि: अंशुल केसी भए नेविसंघ काठमाडौं अध्यक्ष