नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्षौंदेखि सुन तस्करी नरोकिएको बताएका छन्।
उनले सुन तस्करी रोक्न कर लगाएर सुन आयात गर्नुपर्ने सुझाव दिएका छन्।
नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दल बैठकमा सभापति देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताए।
मागअनुसार सुन आयात नहुँदा तस्करी हुने गरेको पनि उनको भनाइ छ।
‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन,’ देउवाका भनाइ उद्धृत गर्दै एक सांसदले सेतोपाटीसँग भने, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, नत्र यो समस्या जहिले पनि रहिरहने भयो।’
नेपालमा बाणिज्य बैंकहरूले सुन ल्याउने गर्छन्। दैनिक १० केजी सुन ल्याउने गरिएको छ। व्यवसायीहरूले भने दैनिक करिब ४० केजीसम्म माग हुने गरेको बताउने गरेका छन्।