नेकपा एमालेले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।
लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ।
त्यस्तै मधेश प्रदेशमा असोज ५ र ६ गते, बागमती प्रदेशमा असोज ८ र ९ गते, कर्णाली प्रदेशमा असोज १० र ११ गते र कोशी प्रदेशमा असोज १२ र १३ गते अधिवेशन हुने भएको हो।
त्यस्तै असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्न लागेको हो।