एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति माग गरिरहेको नेकपा (एमाले) ले आज पनि संसदमा नाराबाजी गरेको छ। 
सभामुख देवराज घिमिरेले शून्य समय सुरू गर्न लाग्दा एमाले सांसदहरू उठेर नाराबाजी गरेका हुन्। 
त्यसअघि एमालेका सांसद मानवीर राईले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आफूहरूको माग कायम रहेको बताएका थिए। 
एमालेको अवरोधले साउन १० गतेपछि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। 
तस्बिरहरू:

















