नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिमा ९ जना डाक्टर र २७ जना इन्जिनियर समेटिएका छन्।
सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघमा ७ सय १० जना सदस्य मनोनीत गरेका थिए।
सभापति देउवाले गत साउन २२ गते नेविसंघ तदर्थ समिति विस्तार गरेका थिए।
नेविसंघ केन्द्रीय समितिमा समेटिएकामध्ये ९ जना डाक्टर र २७ जना इन्जिनियर रहेको अध्यक्ष शेर्पाले जानकारी दिए।
‘नेविसंघमा डाक्टर, इन्जिनियर, अधिवक्ता, सिएलगायत पनि समेटिएको छ,’ शेर्पाले भने, ‘नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष विकल राई पनि केन्द्रीय समितिमा समेटिनुभएको छ।’
नेविसंघमा लामो समयदेखि अधिवेशन भएको छैन, कांग्रेसले तदर्थ समिति गठन गर्दै आएको छ।
अध्यक्ष शेर्पाका अनुसार अब महाधिवेशन गर्ने तयारी छ।
नेविसंघ विधानविपरीत बनाएको भन्दै विरोधसमेत भइरहेको छ।
अध्यक्ष शेर्पा भने केही दिनभित्रै विवाद समाधान हुने बताउँछन्।
* शीर्षक सच्याइएको