नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ।
बुधबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि बिहान ७ देखि ८ बजेसम्म एक घन्टा चक्का जाम गरी अनेरास्ववियुले नाराबाजी गरेका हुन्।
बृद्धि गरेको मुल्य नघटाएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए।
नेपा आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १४ /१४ रुपैयाँ वृद्धि गरेको थियो।