सरकारले संघीय निजामती सेवा विधेयक सदनमा पेश गर्ने तयारी गरेको छ।
मंगलबारको मन्त्रिपरिषद बैठकले विधेयक पारित गरेको थियो।
मन्त्रिपरिषदबाट पारित विधेयक परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै विधेयकबारे कानून तथा अर्थ मन्त्रालयबाट सहमति लिइसकेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता, सहसचिव कमलप्रसाद भट्टराईले विधेयकलाई सरकारले अघि बढाएको बताए।
‘मन्त्रिपरिषदबाट परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको जानकारीमा आएको छ,’ उनले भने, ‘केही दिनमा सदनमा पेश होला।’
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि निजामती विधेयक अघि बढेको बताए। उनले अब एक साताभित्रै विधेयक सदनमा पेश गरिने बताए।
नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै खड्काले अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुने गरी विधेयक ल्याउने बताएका हुन्।