नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले संसद नचल्नुमा सत्ता र प्रतिपक्षी दुवै दोषी रहेको बताएका छन्।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदको गतिरोध अन्त्य गर्न सरकार र प्रतिपक्षीबीच कुराकानी हुनुपर्ने बताए।
‘सदन खुलाउन सरकार र प्रतिपक्षीबीच कुराकानी हुनुपर्दछ,’ उनले भने, ‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ। संसद नचल्नुमा सत्ता र प्रतिपक्ष दुवै दोषी हुन्।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवालगायतले पनि संसदको गतिरोध अन्त्य गर्न पहल गरिरहेको बताए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि सदन अवरोध गरिरहेको छ।
भिडिओ: